September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका वर्तमान प्रशिक्षक योर्गेन क्लोप बायर्न म्युनिख नजाने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार क्लोप आगामी सिजन बायर्नको प्रशिक्षक बन्ने कुनै सम्भावना छैन।

क्लोपका व्यक्तिगत म्यानेजर मार्क कोसिकले क्लोपले बायर्न म्युनिखको प्रशिक्षकको रूपमा काम गर्ने कुनै सम्भावना नरहेको जानकारी दिएको विभिन्न खेल मिडियाहरुको दावी छ।

स्काई स्पोर्ट्सका पत्रकार फ्लोरियन प्लेटेनबर्गसँग कुरा गर्दै कोसिकले लिभरपुल छाडेपछि क्लोपले एक वर्ष सम्म कुनै पनि क्लब वा राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम नगर्ने स्पष्ट पारे।

“यस सिजनपछि योर्गेन क्लोप एक वर्षसम्म कुनै पनि क्लब वा राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने छैनन्। त्यो अपरिवर्तित रहनेछ।”,स्काई स्पोर्ट्सका पत्रकार फ्लोरियन प्लेटेनबर्गसँग कुरा गर्दै कोसिकले भने।

क्लोपले गत महिना मात्रै सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गरेका थिए। लिभरपुल छाड्ने घोषणा गरिसकेपछि क्लोपले बायर्नको जिम्मेवारी लिन सक्ने चर्चा गरिएको थियो।

तर क्लोपका म्यानेजरले त्यसलाई खारेज गरिसकेका छन्। बायर्नका वर्तमान प्रशिक्षक थोमस टुचेलले पनि यस सिजनको अन्त्यमा क्लब छाड्ने तय भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *