September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले शिर्ष स्ट्राइकरको आलोचना गर्न नहुने बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा गार्डियोलाले एर्लिङ हालाण्ड जस्तो शिर्ष स्ट्राइकरको आलोचना गर्न नहुने बताएका हुन्।

प्रिमियर लिगको महत्वपूर्ण खेलमा ब्रेन्टफोर्डलाई पराजित गरेपछिको पत्रकार सम्मेलनका क्रममा गार्डियोलाले एर्लिङ हालाण्ड जस्तो शिर्ष स्ट्राइकरको आलोचना नहने बताए।

हालाण्डले गोल गरेनन् भनेर आलोचना गर्नेहरुको बोल्ती हालाण्डले बन्द गर्ने गार्डियोलाको भनाई छ। मंगलबार राति सिटीको जितमा हालाण्डले निर्णायक भूमिका निभाएका थिए।

पछिल्लो खेलमा सिटीले चेल्सीको सामना गरेको थियो। सो खेलमा सिटी बराबरीमा रोकिएको थियो। चेल्सी विरुद्ध हालाण्डले गोल गर्न सकेका थिएनन्।

गोल गर्न नसकेका कारण मिडियाहरुमा उनको आलोचना गरिएको थियो। त्यहि विषयलाई लक्षित गर्दै गार्डियोलाले ब्रेन्टफोर्ड विरुद्धको खेलपछि हालाण्डले गोल गरेर आलोचना गर्नेहरुको मुख बन्द गरिदिने बताए।

चोटका कारण केहि समय मैदानबाट बाहिर रहेपनि हालाण्ड अहिले प्रिमियर लिगको शिर्ष गोलकर्ताको रुपमा रहेका छन्। हालाण्डले यस सिजन २० खेलमा १७ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *