September 20, 2024

एजेन्सी – लामो समय पछि च्याम्पियन्स लिगको नकआउट खेलिरहेको आर्सनलले पहिलो गाँसमै ढुंगा भेटेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमै आर्सनललाई झड्का लागेको हो।

बुधबार राति आर्सनल पोर्चुगिज क्लब पोर्टोसँग पराजित भयो। पोर्टोको घरेलु मैदानमा भएको खेलमा आर्सनल पोर्टोसँग १-० को गोल अन्तरलले पराजित हुन पुग्यो।

बलमा राम्रो नियन्त्रण राखेपनि आर्सनलले आक्रमणमा भने खासै केहि गर्न सकेन। खेलभर आर्सनलले बलमा ६५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर आर्सनलको तर्फबाट ७ प्रहार भएका थिए।

तर त्यसमद्ये कुनै पनि प्रहार टार्गेटमा थिएनन्। घरेलु टोलीले भने कुल ८ प्रहार गरेको थियो। जसमद्ये २ प्रहार टार्गेटमा थिए भए एक प्रहार गोलमा पनि परिणत भयो।

खेल बराबरी तर्फ अगाडी बहिरहेपनि पोर्टोले निर्धारित ९० मिनेट सकिसकेपछि थप भएको समयमा गोल गरेको थियो। इन्ज्युरी समयको चौंथो मिनेटमा गालेन्कोले गोल गरेका थिए।

यस हारसंगै अब आर्सनलले च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्नका लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा २-० भन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *