September 20, 2024

एजेन्सी- साउदी क्लब अल नासर एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ का दुवै खेलमा जित निकालेसंगै अल नासर क्वाटरफाइनल प्रवेश गरेको हो।

बुधबार राति भएको एसियन च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा अल नासरले अल फेइहालाई सहजै पराजित गर्यो। अल नासरले घरेलु मैदानमा अल फेइहालाई २-० को गोल अन्तरले पराजित गर्यो।

अल नासरको जितमा ओटाभियो र क्रिस्टियानो रोनाल्डोले गोल गरे। खेलको १७ औं मिनेटमा ओटाभियोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। तर खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गरे। जससंगै अल नासरको २-० को गोल अन्तरको जित पक्का भयो।

खेलभर अल नासरले बलमा राम्रो नियन्त्रण राखेको थियो। बलमा अल नासरको कुल ७३ प्रतिशत नियन्त्रण थियो। अल नासरले खेलभर कुल ८ प्रहार गरेको थियो। जसमद्ये ४ प्रहार टार्गेटमा थिए।

अल नासरले पहिलो लेगमा पनि अल फेइहालाई पराजित गरेको थियो। सो खेलमा अल नासर १-० को गोल अन्तरले विजयी हँदा रोनाल्डोले गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *