September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। पहिलो लेगको अवे खेलमा बार्सिलोना बराबरीमा रोकिएको हो।

बुधबार राति बार्सिलोनाले इटालियन क्लब नापोलीको सामना गर्यो र सो खेल १-१ को बराबरीमा टुंगियो। कडा प्रतिष्पर्धा भएको खेलमा पहिला अग्रता लिएर पनि बार्सिलोनाले त्यसलाई जोगाउन सकेन।

पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन्। तर खेलको ६० औं मिनेटमा बार्सिलोनाले अग्रता लियो। सो गोल क्लबक पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेका थिए।

रोबर्ट लेवान्डोस्कीले पेड्रीको पासमा गोल गरेका थिए। तर खेलको ७५ औं मिनेटमा घरेलु टोली नापोलीले बराबरी गोल फर्कायो। सो गोल भिक्टर ओसिम्हेनले गरेका थिए।

यस बराबरी संगै अब क्वाटरफाइनलमा स्थान बनाउने टोलीको टुंगो बार्सिलोनाको घरेलु मैदानमा हुने खेलबाट टुंगो लाग्नेछ। बार्सिलोना र नापोली बार्सिलोनाको घरेलु मैदानमा मार्चमा खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *