September 20, 2024

काठमाडौँ- नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा सानदार जित निकालेको छ। वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इराक विरुद्ध सानदार जित निकालेको हो।

पहिलो हाफमै चार गोल गरेको नेपालले इराकलाई ५-० को गोल अन्तरले पराजित गर्यो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले पाँच गोल गरिन्।

इराकलाई नेपालले निरन्तर दबाबमा राख्दै जित निकाल्यो। किङ्ग अब्दुल्लाह स्टेडियमको रिजर्भ मैदामा भएको खेलमा सावित्राले १४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिइन्।

त्यसपछि उनले पहिलो हाफमा निरन्तर तीन गोल गरिन्। १६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन्। ३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।

सावित्राको चौथो गोल ४४ औं मिनेटमा आयो। दोस्रो हाफको ७९ औं मिनेटमा प्रीति राईको पासमा उनले पाँचौं गोल गरिन्। यससंगै नेपालको ५-० को जित पक्का भयो।

यो जितसँगै नेपाल वाफ च्याम्पियनशिपको सेमिफाइनलमा पुगेको छ। यसअघि नेपालले सिरयालाई पराजित गरेको थियो। नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका छन्। नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *