September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च स्टार किलियन एम्बाप्पे पक्ष बीच गएको केहि समय देखि छलफल चलिरहेको छ। दुवै पक्ष एम्बाप्पेको ट्रान्सफरलाई अन्तिम रुप दिन चाहन्छन्।

एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसेकपछि रियल र एम्बाप्पेका प्रतिनिधिहरु बीच विभिन्न विषयहरुमा छलफल भइरहेको रिपोर्टहरु बाहिर आएका छन्।

पछिल्लो एक रिपोर्टका अनुसार रियल र एम्बाप्पे पक्ष बीच यति बेला आर्थिक विषयहरुलाई टुंग्याउने गरी छलफल चलिरहेको छ। एमबाप्पेले रियल म्याड्रिडसँग ठूलो रकम बोक्ने बोनसले भरिएको सम्झौता गर्ने बताइएको छ।

तर एम्बाप्पेले त्यस बाहेक पनि अन्त्य बोनस पनि प्राप्त गर्नेछन्। रियल र एम्बाप्पे बीचको सम्झौतामा एक विशेष बोनस पनि समावेश हुने सम्भावना रहेको जानकारी बाहिर आएको छ।

स्पेनिस खेल मिडियाहरुका अनुसार बालोन डी’ओर जितेको खण्डमा एम्बाप्पेले रियलबाट १५ मिलियन युरो बोनस प्राप्त गर्नेछन्। यस बोनसको व्यवस्था सम्झौतामै गरिएको स्पेनिस मिडियाहरु बताउँछन्।

एम्बाप्पे र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। उनले पिएसजीसंगको सम्झौता थप नगर्ने स्पष्ट भइसकेको छ। यस्तै उनी रियल जान बाटोमा लम्किसकेका छन्। अब छिट्टै दुई पक्ष बीच सहमति जुट्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *