एजेन्सी – नयाँ सिजन सुरु हुनु अगाडी जर्मन क्लब बायर्न म्युनिखले क्लबमा उथल पुथल गर्ने भएको छ। निरन्तरको कम्जोर प्रदर्शन पछि बायर्नले आगामी सिजन सुरु हुनु अगाडी नै क्लबको टोलीमा उथलपुथल गर्ने भएको हो।
बायर्नले यस सिजन सकिएपछि नयाँ प्रशिक्षक भित्र्याउने पक्का भइसकेको छ। क्लबका वर्तमान प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यमा क्लब छाड्नेछन् र बायर्नले नयाँ प्रशिक्षक भित्र्याउनेछ।
यति मात्र होइन बायर्नले क्लबका केहि खेलाडीहरु पनि बिक्री गर्ने योजना बनाएको छ। क्लबमा नयाँ खेलाडीहरु भित्र्याउनका लागि बायर्नले क्लबका पाँच खेलाडी बिक्री गर्ने योजना बनाएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।
बायर्नले बिक्री गर्न चाहेका खलाडीहरुमा अल्फोन्सो डेभिस, जोशुआ किमिच, लेरोय साने, सर्ज गनब्री र लियोन गोरेट्जका रहेको जर्मन खेल मिडियाहरुले जनाएका छन्।
अल्फोन्सो डेभिसलाई स्पेनिस महारथी रियल म्याड्रिडले भित्र्याउन चाहेको छ भने जोशुआ किमिचलाई म्यानचेस्टर सिटीले भित्र्याउन चाहेको बताइएको छ।