September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले साउदी अरेबियाको नजरमा रहेका खेलाडी ट्रान्सफर मूल्य तय गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार सिटीले साउदी टार्गेट केभिन डी ब्रुएनाको ट्रान्सफर मूल्य तय गरेको हो।

गत समर ट्रान्सफर देखि नै डी ब्रुएनालाई साउदीको नजरमा छन्। गत सिजन उनलाई भित्र्याउने साउदीको योजना असफल भएको थियो। साउदी पुनः डी ब्रुएना भित्र्याउन प्रयास गर्ने योजनामा रहेको बताइएको छ।

पहिलो कुरा त सिटी डी ब्रुएनालाई सके सम्म बिक्री गर्ने योजनामा छैन। तर बिक्री गर्नै परेको खण्डमा १ सय मिलियन पाउण्ड भन्दा कम रकममा बिक्री नगर्ने सिटीको योजना रहेको बताइएको छ।

सिटीले डी ब्रुएनाको ट्रान्सफर रकम १ सय मिलियन पाउण्ड तोकेको केहि खेल मिडियाहरुले जनाएका छन्। त्यो भन्दा कम मूल्यमा डी ब्रुएनालाई बिक्री गर्ने सिटीको कुनै योजना नरहेको बताइएको छ।

इतिहाद स्टेडियममा उनको हालको सम्झौता जुन २०२५ मा समाप्त हुनेछ। जसकारण सिटीले एक सिजन अगाडी नै उनलाई बिक्री गर्न सक्ने सम्भावना देखेर धेरै साउदी क्लबहरू कथित रूपमा सुपरस्टारको लागि बोली लगाउने योजना बनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *