September 20, 2024

एजेन्सी – स्पेनबाट आएका खबरलाई मान्ने हो भने रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम अपेक्षा गरिएको भन्दा छिट्टै मैदानमा फिर्ता हुन सक्छन्।

केहि समय अगाडी घाइते भएका रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम अपेक्षा गरिए भन्दा छिटो मैदान फर्किन सक्ने सम्भावना देखिएको विभिन्न स्पेनिस खेल मिडियाहरुले बताएका हुन्।

फेब्रुअरी १० मा सान्टियागो बर्नाबेउमा लस ब्लान्कोसले उपाधिका प्रतिद्वन्द्वी गिरोनामाथि ४-० को जित निकाल्दा बेलिङह्याम घाइते भएका थिए। सो खेलमा उनले दुई गोल गरेका थिए।

तर ५७औं मिनेटमा उनलाई मैदानबाट बाहिर बोलाइएको थियो। पछि उनको खुट्टामा चोट लागेको पुष्टि भयो। उनले सो चोटका कारण ३-४ साता सम्म मैदान बाहिर रहनु पर्ने हुन सक्ने बताइएको थियो।

बेलिङ्घमले आइतबार राति हुने सेभिया विरुद्धको खेल गुमाउने पक्का छ। तर उनी रियलको अर्को शनिबार राति हुने खेलका लागि भने उपलब्ध हुन सक्छन्।

गत समरमा बोरुसिया डर्टमन्डबाट १०३ मिलियन युरोमा आएपछि बेलिङ्घम आफ्नो डेब्यु सिजनमा स्पेनिस जाइन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उनले सबै प्रतियोगिताभर २९ खेलमा २० गोल गरेका छन् र आठ सहयोग प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *