September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लालिगामा सानदार जित निकालेको छ। बार्सिलोनाले घरेलु मैदानमा शनिबार राति सानदार जित निकालेको हो।

बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई ४-० को गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाको जितमा राफिन्हा, जाओ फेलिक्स, फ्रान्की डे जोङ र जेरेमी लोपेजले गोल गरे।

खेलको २० औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। खेलको ५३ औं मिनेटमा फेलिक्सले गोल गर्दा बार्सिलोनाले २-० को अग्रता पायो।

त्यसको १० मिनेट नबित्दै खेलको ६१ औं मिनेटमा फ्रान्की डे जोङले बार्सिलोनाका लागि तेस्रो गोल गर्दा चौंथो गोल इन्ज्युरी समयको पहिलो मिनेटमा आयो। सो गोल लोपेजले गरेका थिए।

यस जितसंगै बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले सिजन २६ मद्ये १७ मा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ। त्यस्तै ६ बराबरी सहित बार्सिलोनाले ५७ अंक बनाएको छ।

एक खेल कम खेलेको रियल बार्सिलोना भन्दा ५ अंकले अगाडी छ। त्यस्तै एक कम खेल खेलेको जिरोना बार्सिलोना भन्दा १ अंकले पछि छ। पराजित गेटाफे ३४ अंक सहित १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *