September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले सिजनको दोस्रो खेलमा सोमबार लस एन्जल्स ग्यालेक्सीको सामना गर्दैछ। सोमबार बिहान मियामीले बलियो टोली एलए ग्यालेक्सीको सामना गर्न लागेको हो।

मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फ रहेको मियामीले नयाँ सिजनको दोस्रो खेलको रुपमा वेस्टर्न कन्फरेन्स तर्फको एलए ग्यालेक्सीको सामना गर्नेछ।

पहिलो खेलमा मियामीले रियल साल्ट लेकको सामना गरेको थियो। सो खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेली स्टार लुइस सुआरेज दुवै खेलेका थिए। मेस्सी र सुआरेजले गोल नगरेपछि एक-एक असिस्ट प्रदान गरेका थिए।

मियामीले साल्ट लेकलाई २-० को गोल अन्तरले पराजित गरेको थियो। सोमबार पनि पहिलो खेलको लयलाई जारी राख्दै एलए ग्यालेक्सीलाई पराजित गर्ने दाउमा मियामी हुनेछ।

गत सिजन मियामी र ग्यालेक्सी बीच भेट हुँदा ग्यालेक्सी विजयी भएको थियो। मेस्सी जानु भन्दा अगाडीको सो खेलमा मियामी ३-२ को गोल अन्तरले पराजित भएको थियो।

सोमबार मियामी र ग्यालेक्सी बीचको खेल डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा हुनेछ। खेल सोमबार बिहान ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *