September 20, 2024

एजेन्सी – साउदी क्लब अल हिलालका प्रशिक्षक जर्ज जेससले पोर्चुगल युरोपियन च्याम्पियनसिपको मूख्य दाबेदार रहेको बताएका छन्। एक कुराकानीका क्रममा जेससले पोर्चुगल युरोपियन च्याम्पियनसिपको दाबेदार रहेको बताएका हुन्।

युरोपियन च्याम्पियनसिप जित्नको लागि पोर्चुगलसंग सबै कुरा रहेको जेससले बताए। राम्रा भन्दा राम्रा खेलाडी टोलीमा हुँदा सधैं सहज हुने उनको भनाई छ।

“पोर्चुगल युरोपियन च्याम्पियनसिपको मूख्य दाबेदार हो। पोर्चुगलसँग सबै कुरा छ। तपाईंसँग खेलाडीहरू भएमा जित्न सजिलो हुन्छ। पोर्चुगलसँग विश्वका उत्कृष्ट खेलाडी छन्”,जेससले भने।

त्यसक्रममा युरोपका धेरै क्लबहरुमा पोर्चुगिज खेलाडी रहेको समेत उल्लेख गर्न छुटाएनन्। उनका अनुसार पोर्चुगल फ्रान्ससँगै युरोपको सबैभन्दा बलियो राष्ट्रिय टोली हो।

उनले भने,”युरोपका उत्कृष्ट टोलीहरू र त्यहाँ पोर्चुगिज खेलाडीहरुको संख्या हेर्नुहोस्। हामी फ्रान्ससँगै युरोपको सबैभन्दा बलियो राष्ट्रिय टोली हौं। हामीसँग युरोपेली च्याम्पियनसिप फेरि जित्न आवश्यक सबै कुरा छ।”

पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो। त्यसपछि सन् २०२० मा भएको युरोमा पोर्चुगल अन्तिम १६ भन्दा अगाडी बढ्न सकेको थिएन। यसै वर्ष हुने युरोमा भने पोर्चुगल र क्रिस्टियानो रोनाल्डो पक्कै पनि दोस्रो उपाधि जित्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *