December 23, 2024

एजेन्सी – अल-नासर फरवार्ड एन्डरसन तालिस्काले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष खेल्न सक्ने बताएका छन्। एक कुराकानीका क्रममा तालिस्काले रोनाल्डो अझै धेरै वर्ष खेल्न सक्ने बताएका हुन्।

तालिस्काका अनुसार रोनाल्डोले ४५ वर्षको उमेर सम्म खेल्न सक्छन्। रोनाल्डोको प्रशंसामा उत्रिएका उनले रोनाल्डो जस्तो खेलाडी आफले जीवनमा कहिल्यै नदेखेको बताउन पनि छुटाएनन्।

“लिजेन्ड क्रिस्टियानो रोनाल्डो ४५ वर्षको उमेरसम्म खेल्न सक्छन्। मैले मेरो जीवनमा उहाँजस्तो खेलाडी कहिल्यै देखेको छैन।”,तालिस्काले एक कुराकानीका क्रममा भने।

रोनाल्डो ३९ वर्षको उमेरमा पनि धेरै फिट छन्। अहिले पनि उनी उच्च लयमा खेलिरहेका छन्। सन् २०२३ मा अल नासर पुगेपछि उनले जुन स्तरको प्रदर्शन गरिरहेका छन्, त्यसले सबैलाई चकित बनाइरहेको छ।

उनले यो सिजन साउदी प्रो लिगमा हालसम्म २० खेलमा २२ गोल गरेका छन् । रियल म्याड्रिडका पूर्व खेलाडीले मध्य-सिजन ब्रेकबाट फर्किएपछि आफ्नो टोलीका प्रत्येक खेलमा गोल गरेका छन्।

एन्डरसन तालिस्का यस सिजनमा आफ्नो टोलीका साथी जत्तिकै उत्कृष्ट रहेनन् तर यो सिजन अल-नासरका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले यस सिजन १६ वटा लिग खेलमा १३ गोल गरेका छन् र चार सहयोग प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *