September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेको परिवारले म्याड्रिडमा घर खोज्न सुरु गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेको परिवारले म्याड्रिडमा नयाँ घरको खोजि सुरु गरेको हो।

एम्बाप्पेकी आमा फेजा लमारी घर खोज्नको लागि स्पेनको राजधानी म्याड्रिड पुगिसकेको रेलेभोले जनाएको छ। एम्बाप्पे रियल म्याड्रिड हुनु अगाडी नै उनकी आमा घर खोज्न जुटेको बताइएको छ।

एम्बाप्पेको नाम वर्षौं देखि रियल म्याड्रिडसंग जोडिएको छ। सन् २०२२ मा रियल एम्बाप्पेलाई भित्र्याउने ढोकाको धेरै नजिक थियो। तर त्यसबेला रियलको योजना सफल हुन सकेन।

यस पटक भने रियलको योजना सफल हुने वाला छ। एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेका छन् र सो निर्णय क्लबलाई समेत जानकारी गराइसकेका छन्।

विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने एम्बाप्पे र रियल पक्ष बीच निरन्तर छलफल चलिरहेको छ। दुई पक्ष बीच अब आर्थिक विषयमा मात्रै सहमति हुन बाँकी छ।

एमबाप्पे सन् २०१७ मा प्रारम्भिक लोन सम्झौतामा पिएसजी मा सामेल भएका थिए। फ्रान्सेली स्टारले क्लबसँग अहिलेसम्म पाँचवटा लिग वान उपाधि जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *