September 20, 2024

एजेन्सी – एफए कपको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल बीच भेट हुने भएको छ। एफए कपको पाँचौ राउण्ड सकिएपछि सार्वजनिक भएको क्वाटरफाइनलको समीकरण अनुसार युनाइटेड र लिभरपुल बीचको भेट तय भएको हो।

बुधबार राति एफए कपको पाँचौं राउण्डमा लिभरपुल र युनाइटेड दुवैले जित निकाले। युनाइटेडले नटिङ्घम फरेस्टलाई पराजित गर्दा लिभरपुलले साउथेम्प्टनलाई पराजित गर्यो।

बुधबार लिभरपुलले साउथेम्प्टनलाई ३-० को गोल अन्तरले पराजित गरेको थियो। कम सिनियर खेलाडी सहित मैदानमा उत्रिए पनि लिभरपुलले सानदार जित निकाल्यो। उता युनाइटेडले नटिङ्घम फरेस्टलाई १-० को गोल अन्तरले पराजित गरेको थियो।

एफए कपको क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसंग खेल्नेछ। चेल्सी र लेस्टर सिटी बीच पनि क्वाटरफाइनलमा भेट हुनेछ।

यस्तै वुल्भ्सको भेट कभेन्ट्रीसंग हुनेछ। क्वाटरफाइनलका सबै खेल आगामी मार्च १६मा हुनेछ। एफए कप गत सिजन सिटीले जितेको थियो। सिटीले फाइनलमा युनाइटेडलाई पराजित गरेर एफए कपको उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *