September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर माटेओ कोभासिचले क्लबका स्टार मिडफिल्डर केभिन डी ब्रुएना बालोन डी’ओर जित्ने खेलाडी रहेको बताएका छन्।

सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा कोभासिचले केभिन डी ब्रुएना बालोन डी’ओर पाउन योग्य खेलाडी रहेको बताएका हुन्।

एफए कपको पाँचौ राउण्डको खेलमा सिटीले लुटन टाउनको सामना गरेको थियो। सो खेलमा सिटी ६-२ को गोल अन्तरले विजयी हुँदा डी ब्रुएनाले एक्लै चार असिस्ट प्रदान गरेका थिए।

खेलपछि कुराकानी गर्नेक्रममा कोभिसिचले डी ब्रुएनाको प्रशंसा गर्दा ब्रुएनाको करियर सानदार रहेको र उनी बालोन डी’ओर पाउन योग्य खेलाडी रहेको बताए।

“केभिनको क्यारियर अद्भुत छ; एक खेलाडी जो बालोन डी’ओर पाउन योग्य छ।”,खेलपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा कोभिसिचले स्पष्ट रुपमा भने।

सन् २०१५ मा वुल्फ्सबर्गबाट आएदेखि म्यानचेस्टर सिटीका लागि केभिन डी ब्रुएना निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। उनले अहिले सम्म सिटीका लागि ९८ गोल गरेका छन् भने १ सय ६५ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *