September 20, 2024

एजेन्सी – केहि स्पेनिस खेल मिडियाहरुका अनुसार क्याटलान क्लब बार्सिलोना क्लबको नयाँ प्रशिक्षकको रुपमा प्रिमियर लिग क्लब ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीलाई भित्र्याउन बढी इच्छुक रहेको छ।

ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीलाई भित्र्याउन बार्सिलोना बढी इच्छुक रहेको स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले दावी गरेका हुन्। बार्सिलोनाले कथित रूपमा हान्सी फ्लिकलाई भन्दा पनि रोबर्टो डे जर्बीलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा हेरिरहेको बताइएको छ।

बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा रहेका बेला केहि समय अगाडी हान्सी फ्लिकको प्रतिनिधित्व गर्ने एजेन्ट पिनी जाहवीले गेटाफे विरुद्ध बार्सिलोनाको खेलमा उपस्थिति जनाएका थिए।

त्यसबेला देखि फ्लिक र बार्सिलोना बीच छलफल चलिरहेको चर्चा सुरु भएको थियो। तर स्पेनिस खेल मिडिया एएसले भने बार्सिलोना फ्लिक भन्दा पनि रोबर्टो डे जर्बीलाई क्लबको जिम्मेवारी दिइने योजनामा रहेको दावी गरेको छ।

ला लिगामा प्रत्यक्ष अनुभव र क्लबको संस्कृतिको सूक्ष्मताको कमी भएता पनि डे जर्बी पछिल्लो समयमा उदयीमान प्रशिक्षक हुन्। सासुओलो र शाख्तर डोनेट्स्कमा उनले गरेको कामको अझै चर्चा हुने गर्छ।

त्यस्तै उनले ब्राइटनमा पनि राम्रो काम गरिरहेको छ। जे होस् बार्सिलोनाले जाभीको स्थानमा डे जर्बी भित्र्याउन चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *