September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड यस सिजन पनि प्रिमियर लिगको गोल्डेन बुट जित्ने दौडमा सबै भन्दा अगाडी देखिएका छन्।

डेब्यू सिजनमै प्रिमियर लिग गोल्डेन बुट जितेका हालाण्ड यस सिजन पनि प्रिमियर लिगको गोल्डेन बुट जित्ने दौडमा सबै भन्दा अगाडी देखिएका हुन्।

चोटका कारण केहि खेल गुमाएपनि प्रिमियर लिगमा यस सिजन सबै भन्दा बढी गोल हालाण्डले नै गरेका छन्। उनले कुल २१ खेल खेल्दा लिगमा १७ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्।

यस्तै प्रिमियर लिग शिर्ष गोलकर्ताको सूचीको दोस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाह छन्। उनले प्रिमियर लिगको जारी सिजनमा कुल २१ खेल खेलेका छन्।

जसमा उनले १५ गोल गरेका छन् भने ९ असिस्ट दिएका छन्। तेस्रो स्थानमा वेष्टह्याम युनाइटेडका जारोड बोवेन छन्। उनले १४ गोल गरेका छन्। १४ नै गोल गरेका बोर्नेमाउथका डोमिनिक सोलंके चौंथो स्थानमा छन्।

एस्टन भिल्लाका ओली वाटकिन्सले पनि अहिले सम्म १४ गोल गरेका छन्। आर्सनलका बोकायो साका १३ गोल सहित छैठौं स्थानमा रहँदा टोटेनह्यामका सन ह्युङ-मिन १२ गोल सहित सातौं स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *