September 20, 2024

एजेन्सी – केहि समय अगाडी घाइते भएका स्पेनिस महारथी रियल म्याड्रिडका स्टार मिडफिल्डर जुड बेलिङ्घम चोट मुक्त भएका छन्। गत महिना जिरोना विरुद्धको खेलका क्रममा घाइते भएका बेलिङ्घम मैदानमा फर्किन फिट भएका हुन्।

शुक्रबार रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भ्यालेन्सिया विरुद्धको खेलमा खेल्नका लागि बेलिङ्घम फिट भएको जानकारी दिए। टोलिसंग प्रशिक्षण नगरेपनि व्यक्तिगत प्रशिक्षणमा बेलिङ्घमले धेरै राम्रो गरिरहेको एन्सेलोटीको भनाई छ।

“बेलिङ्घम शतप्रतिशत ठीक छन्। सत्य यो हो कि उनी टोलीसंगको प्रशिक्षणमा त्यति धेरै सहभगी भएका छैनन्। तर व्यक्तिगत स्तरमा आफ्नो खुट्टाले उनी धेरै राम्रो गरिरहेका छन्। उनी पूर्व फिट छन् र भोलि खेल्नेछन्।”,एन्सेलोटीले भने।

बेलिङ्घमले फिटनेसमा फर्कनको लागि पछिल्लो समय धेरै मिहिनेत गरेका थिए। मेडिकल स्टाफले उनलाई फिल्डमा फिर्ताको लागि क्लियर गरेपछि उनी भ्यालेन्सियाका लागि खेल्ने भएका छन्।

यधपी उनले भ्यालेन्सिया विरुद्ध पूरा ९० मिनेट भने खेल्ने कम सम्भावना छ। उनलाई एन्सेलोटीलाई सुरुवाती ११ मा राखेर जोखिम लिने भन्दा पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराउन सक्छन्।

२० वर्षीय मिडफिल्डरलाई फेब्रुअरी १० मा जिरोनासंगको लिगा भिडन्तको क्रममा खुट्टाको चोट लागेको थियो। सो खेलमा दुई गोल गरेपछि उनी घाइते हुन पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *