December 23, 2024

एजेन्सी – शुक्रबार राति फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले मोनाको सामना गर्यो। मोनाकोको घरेलु मैदानमा भएको खेलमा पिएसजी बलमा राम्रो नियन्त्रण राखेर पनि जित निकाल्न असमर्थ भयो।

पिएसजीले मोनाको विरुद्ध फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई सुरुवाती ११ मा राखेर खेलाएको थियो। तर खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनलाई हाफमा प्रतिस्थापन गरियो।

पहिलो हाफमै प्रतिस्थापन गरिएपछि एम्बाप्पे त्यति सन्तुष्ट देखिएनन्। त्यसपछि उनी पिएसजीका खेलाडीहरुसंग बसेनन्। उनी पिएसजीका खेलाडीहरु संग बेन्चमा नबसेर आफ्नी आमासंग गएर बसे।

प्रतिस्थापन गरिएपछि एम्बाप्पेले पिएसजी समर्थकहरुसंग तस्विर खिचे र आफ्नी आमा भएको स्ट्याण्डमा गएर बसे। जहाँ उनी कुराकानी गर्दै, हाँस्दै बसे।

लगातार दोस्रो पटक प्रतिस्थापन गरिएपछि प्रशिक्षक लुइस एनरिक र एम्बाप्पे बीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ। सिजनको अन्त्यमा पिएसजी छाड्ने निर्णय गरिसकेका एम्बाप्पे पक्कै पनि प्रशिक्षक लुइस एनरिकको सो निर्णयबाट खुशी नहुन सक्छन्।

एम्बाप्पे अब रियल म्याड्रिड जाने बाटोमा छन्। उनले रियल जाने निर्णय गरिसकेको बताइएको छ। अब रियल र एम्बाप्पे बीच केहि विषयमा मात्रै सहमति हुन बाँकी रहेको रिपोर्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *