September 19, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक लुइस एनरिकले आफूहरु फ्रेन्च स्टार किलियन एम्बाप्पे बीना खेल्न सिकिरहेको बताएका छन्।

फ्रेन्च लिग वान अन्तर्गत मोनाको विरुद्धको खेल पश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा लुइस एनरिकले आफूहरु एम्बाप्पे बीच खेल्न सिकिरहेको बताएका हुन्।

मोनाको विरुद्धको खेलमा पिएसजीले एम्बाप्पेलाई सुरुवाती ११ मा राखेको थियो। तर एम्बाप्पेले खासै राम्रो प्रदर्शन गर्न नसकेपनि एम्बाप्पेलाई हाफ टाइममा प्रतिस्थापन गरिएको थियो।

सो विषयमा प्रश्न गरिँदा एनरिकले ढिलो चाँडो आफूहरु एम्बाप्पे बीच खेल्न सक्नु पर्ने बताए। आफू अहिले टोलीका लागि के राम्रो विकल्प हुन्छ भन्ने कुराको खोजि गरिरहेको उनको भनाई छ।

“छिट्टो होस् वा चाँडो हामी एमबाप्पे बिना खेल्नेछौं, त्यसैले म टोलीको लागि उत्तम विकल्प खोज्दैछु। हामीले त्यसमा बानी बसाल्नु पर्छ।”,एम्बाप्पेलाई प्रतिस्थापन गरिएको विषयमा बोल्दै भने।

एम्बाप्पेले यस सिजनको अन्त्यमा पिएसजी छाड्ने निर्णय गरिसकेका छन्। एम्बाप्पे रियल म्याड्रिड आवद्ध हुने बाटोमा छन्। छिट्टै एम्बाप्पे र रियल म्याड्रिड बीच सम्झौता हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *