September 20, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने-सामने हुँदैछन्। प्रिमियर लिगको म्यानचेस्टर डर्बीमा आज सिटी र युनाइटेड आमने-सामने हुन लागेका हुन्।

खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ। खेल आज राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ। आज हुने खेलमा दुवै टोली जसरी पनि जित निकाल्नु पर्ने दबाबमा हुनेछन्।

सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ। सिजनका २६ खेल खेल्दा उसले १८ जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। ५ खेल बराबरी खेल्दा सिटीले ५९ अंक जोडेको छ।

सिटी शिर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि छ। त्यस्तै तेस्रो स्थानको आर्सनल भन्दा मात्र एक अंकले अगाडी छ। आज सिटी पक्कै पनि जित निकाल्दै लिभरपुलसंगको अंक दूरी घटाउने पक्षमा हुनेछ।

यस्तै युनाइटेड लिगको छैठौं स्थानमा छ। युनाइटेडले प्रिमियर लिगका २६ खेल मद्ये १४ खेलमा जित निकाल्दा १० खेलमा पराजय भोगेको छ। युनाइटेडको ४४ अंक छ।

युनाइटेड शिर्ष चारको एस्टन भिल्ला भन्दा ११ अंकले पछि रहेको छ। शिर्ष चारमा अटाउने सम्भावनालाई जीवित राख्ने हो भने युनाइटेडले आज जसरी पनि जित्नु पर्नेछ। सिटी र युनाइटेड बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *