एजेन्सी – एसियन च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरलाई ठूलो धक्का लागेको छ। एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा अल नासरलाई झड्का लागेको हो।
अल नासर सोमबार राति यूएई क्लब अल आइन एफसीसँग स्तब्द बन्यो। अल आइन एफसीको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा भएको खेलमा अल नासर १-० को गोल अन्तरले पराजित भयो।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा अल नासरले बलमा कुल ५५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभए अल नासरको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए।
तर कुनै पनि प्रहार गोलमा भए परिणत हुन सकेनन्। त्यस्तै घरेलु टोलीले खेलभर कुल ९ प्रहार गरेको थियो। जसमद्ये ४ प्रहार टार्गेटमा थिए। त्यसमद्ये एक प्रहार गोलमा पनि परिणत भयो।
अल आइन एफसीका लागि सुफियान रहिमीले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए। उनले गरेको सो गोल नै खेलमा निर्णायक बन्यो। इन्ज्युरी समयको चौंथो मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुगेको थियो।
आयमेरिक लापोर्टे रेड कर्ड बेहोर्दै मैदानबाट बाहिरिएको थियो। यस हार संगै अल नासर दोस्रो लेग जुनै पनि हालतमा जित्नै पर्ने दबाबमा परेको छ।