September 20, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा अल आइन एफसीको सामना गर्यो। एसियन च्याम्पियन्स लिगको पहिलो लेगमा अल नासरले अल आइन एफसीको सामना गरेको हो।

अल आइन एफसी विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो एक खेलको प्रतिबन्ध पछि फिर्ता भए। रोनाल्डो फिर्ता हुँदा पुनः उनलाई चिढ्याउन ‘मेस्सी-मेस्सी’को नारा लगाइयो।

पहिलो हाफ सकिएपछि अल नासरका खेलाडीहरुले पिच छोड्दा अल आइन एफसी समर्थकले मेस्सी-मेस्सी भन्दै नारा लागाएका थिए। मेस्सी-मेस्सीको नारा लाग्दा रोनाल्डोले खासै रियाक्ट भने गरेनन्।

यस अगाडी साउदी प्रो लिगमा अल शबाब विरुद्धको खेलमा ‘मेस्सी-मेस्सी’को नारा लाग्दा रोनाल्डो क्रोधित भएका थिए। जसपश्चात उनले रिसाउँदै अश्लिल हर्कत गरेका थिए।

सो हर्कतका कारण साउदी प्रो लिगले रोनाल्डो माथि कारवाही गरेको थियो। जसकारण रोनाल्डोले अल हाजम विरुद्धको खेल गुमाएका थिए। सो खेलमा अल नासर बराबरीमा रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *