September 20, 2024

एजेन्सी -युरो २००० विजेता फ्रान्क लेबोउफले पोर्चुगल यस गर्मीमा युरो २०२४ मा वास्तविक दावेदार भएको दाबी गरेका छन्। फ्रान्ससंग सन् २००० मा युरो कपको उपाधि जितेका लेबोउफले पोर्चुगल यस वर्ष हुने युरोको दाबेदार रहेको बताएका हुन्।

लेबोउफका अनुसार पोर्चुगलले युरो जित्न सक्छ, तर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नखेलेको खण्डमा मात्रै। उनले रोनाल्डोले नखेलेको खण्डमा मात्रै पोर्चुगल च्याम्पियन्स बन्ने दावी गरे।

“मेरो लागि, पोर्चुगल वास्तवमा यस गर्मीको युरोपियन च्याम्पियनसिपको लागि एक दावेदार हो। मलाई लाग्छ कि उनीहरूले युरो जित्न सक्छन्, तर क्रिस्टियानो रोनाल्डोले खेलेनन् भने मात्र।”,लेबोउफले भने।

त्यसक्रममा उनले जुन सुकै खेलाडीको जीवनमा सन्यास आउने र त्यसलाई नकार्न नसकिने बताए। रोनाल्डोले आफ्नो खेल जीवनमा हाँसिल गरेको सफलतालाई आफूले सम्मान गर्ने उनको भनाई छ।

उनले भने,”खेललाई अर्को तहमा पुर्‍याएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु। रोनाल्डोले जे हाँसिल गरेका छन् त्यो कसैले खोस्न सक्दैन। तर हरेक खेलाडीको जीवनमा सन्यास आउँछ-आउँछ।”

रोनाल्डोले युरो २०२४ को लागि आफ्नो १० क्वालिफायरमध्ये एक बाहेक सबैमा पोर्चुगलको कप्तानी गरेका थिए। ती नौ खेलहरूमा रोनाल्डोले १० गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *