September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रतिनिधि र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बीच भएको पहिलो सम्झौता पत्र लिलामीमा राखिएको छ। मेस्सी १३ वर्ष को हुँदा बार्सिलोनाका प्रतिनिधिहरुसँग भएको सम्झौताको पत्र लिलामीमा राखिएको हो।

विभिन्न मिडियाहरुका अनुसार मेस्सी र बार्सिलोना बीच भएको पहिलो प्रारम्भिक सम्झौताको पत्र न्यूयोर्कमा प्रदर्शनीमा राखिएको छ। सो पत्र यहि महिना लिलामीमा राखिने बताइएको छ।

भर्चुअल लिलामी मार्च १८ देखि मार्च २७ सम्म रहने विभिन्न मिडियाहरुले जनाएका छन्। सन् २००० डिसेम्बरमा क्लबका खेलकुद निर्देशक कार्लेस रेक्साच र एजेन्टहरू जोसेप मिङ्गुएला र होरासियो गाग्गोली बीच एक छलफल भएको थियो।

क्लबको चासो पुष्टि गर्न रेक्साचले एक न्याक्पिनमा मेस्सीलाई अनुबन्ध गर्न तयार रहेको उल्लेख गर्दै तमसुक तयार पारेका थिए। अहिले सोहि तमसुक लिलामीमा राख्न लागिएको हो।

सो तमसुक पश्चात क्लब र मेस्सी पक्ष बीच आधिकारिक सम्झौता भएको थियो। एजेन्ट गागिओलीले सो तमसुक लगभग २५ वर्ष आफूसँग राखेपछि लिलामी गर्ने निर्णय गरेको बताइएको छ।

सो तमसुक ३ लाख ८० हजार डलर देखि ६ लाख ३५ हजार डलर सम्ममा लिलामी हुन सक्ने अनुमान गरिएको छ। यधपी लिलामी रकम त्यो भन्दा पनि बढी हुन सक्छ।

न्यूयोर्क पछि सो तमसुक पेरिस र लन्डनमा पनि प्रदर्शन गरिनेछ। लिलामी पूरा नभए सम्म प्रदर्शनीमा रहने सो तमसुकका लागि अनलाइनमा बोलि लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *