September 20, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा क्लबका केहि खेलाडीबाट छुटकारा पाउने योजना बनाएको छ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा क्लबका चार खेलाडीबाट छुटकारा पाउने योजना बनाएको स्पेनिस पत्रिका फिचाजेसले दावी गरेको हो।

बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा सर्जी रोबर्टो, मार्कोस अलोन्सो, ओरियोल रोमेउ र राफिन्हाबाट छुटकारा पाउने योजना बनाएको बताइएको छ।

खबरका अनुसार बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा क्लबले केहि खेलाडी भित्र्याउने योजना बनाएको छ। तर त्यसमा आर्थिक संकट बाधक बन्ने देखिएको छ।

कप्तान सर्गी रोबर्टोको सम्झौता यस समरमा समाप्त हुनेछ र रिपोर्टहरू अनुसार उनले क्लबबाट नयाँ प्रस्ताव प्राप्त गरेका छैनन्। चेल्सीका पूर्व फुल ब्याक मार्कोस अलोन्सोले बार्सिलोनाको टोलीमा नियमित पर्न नसकेका कारण क्लबबाट बाहिरिने छन्।

उनी एट्लेटिको म्याड्रिड सामेल हुन चाहिरहेका छन्। ओरियोल रोमेउको क्याम्प नोउ फिर्ति सोचे जस्तो हुन सकिरहेको छैन। बार्सिलोनाले उनलाई बिक्री गरेर केहि रकमको जोहो गर्ने योजना बनाएको छ। त्यस्तै बार्सिलोनाले राफिन्हालाई पनि बिक्रीमा राख्ने सोच बनाइरहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *