December 23, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको दोस्रो खेलमा समेत सानदार जित निकालेसंगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

सिटीले बुधबार राती सम्पन्न दोस्रो लेगको खेलमा एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्यो। पहिलो लेगमा ३-१ कै जित दर्ता गरेको सिटी समग्रमा ६-२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्यो।

सिटीको जितमा म्यानुअल अकान्जी, जुलियन अल्भारेज र एर्लिङ हालाण्डले गोल गरे। पाहुना टोलीका लागि एक मात्र गोल मोहमद एल्युनुसीले गरेक थिए।

खेलमा भएका चारै गोल खेलको पहिलो हाफमा आएका थिए। खेलको ५ औं मिनेटमै अकान्जीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलको ९ मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

खेलको २९ औं मिएंतमा एल्युनुसीलेपाहुना टोलीका लागि गोल गरे। पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हालाण्डले गोल गर्दा सिटीले ३-१ को अग्रता पायो। दोस्रो हाफमा भने कुनै पनि टोलीबाट थप गोल हुन सकेनन्।

यस जितसंगै सिटी यस सिजन च्य्याम्पियाँस लिग जित्ने दौडमा देखिएको छ। सिटी पहिला देखि नै प्रिमियर लिग र एफए कप जित्ने दौडमा छ। सिटी प्रिमियर लिगको दोस्रो स्थानमा छ।

शिर्ष स्थानको लिभरपुल भन्दा सिटी मात्र एक अंकले पछि रहेको छ। त्यस्तै सिटी एफए कपको क्वाटरफाइनलमा पुगिसकेको छ। यसको अर्थ सिटी यस सिजन पनि गत सिजन जस्तै ट्रेबल जित्ने योजनामा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *