September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पूरा भएको छ। अन्तिम १६ का सम्पूर्ण खेल सम्पन्न भएसंगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समिकरण पूरा भएको हो।

बुधबार राति एट्लेटिको म्याड्रिडले इन्टर मिलानलाई २-१ को गोल अन्तरले पराजित गर्दा डर्टमण्डले पिएसभीलाई २-० को गोल अन्तरले हरायो। पहिलो लेगमा इन्टरसँग १-० को गोल अन्तरले पराजित भएका कारण एट्लेटिको र इन्टर बीचको खेल पेनाल्टीमा जाँदा एट्लेटिको विजयी भयो।

मंगलबार राति आर्सनलले पोर्टोलाई पराजित गरेको थियो। पहिलो लेगमा १-० को हार बेहोरेपनि दोस्रो लेगमा १-० को जित निकाल्दै आर्सनलले पेनाल्टीमा जित निकालेर क्वाटरफाइनलमा स्थान बनाएको थियो।

त्यस्तै मंगलबार राति नै भएको अर्को खेलमा बार्सिलोनाले नापोलीलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। बार्सिलोना अन्तिम १६ मा ४-२ को गोल अन्तरले विजयी भयो।

क्वाटरफाइनलमा बार्सिलोना, आर्सनल, डर्टमण्ड, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी) प्रवेश गरेका छन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनल र सेमिफाइनलमा कुन टोलीले को सँग खेल्ने भन्ने कुराको तय ड्रबाट हुनेछ। च्याम्पियन्स लिग क्वाटरफाइनल र सेमिफाइनलको ड्र शुक्रबार राति हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *