September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीलाई झड्का लागेको छ। कोन्काक्याफ च्याम्पियन्स कपको दोस्रो लेगमा सानदार जित निकालेपनि महत्वपूर्ण खेलाडी घाइते भएपछि मियामीलाई झड्का लागेको हो।

मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी कोन्काक्याफ च्याम्पियन्स कपको अन्तिम १६ दोस्रो लेगमा मियामीको सुरुवाती ११ मा थिए। मेस्सीले मियामीको जितमा दुई गोलको योगदान दिए।

नास्भेल एससीलाई ३-१को गोल अन्तरले पराजित गर्दा मेस्सीले एक गोल गरे भने एक असिस्ट दिए। लुइस सुआरेजले खेलको सुरुवातमा गरेको गोलका लागि मेस्सीले असिस्ट दिएका थिए।

तर नास्भेल एससी विरुद्धको खेल मेस्सीले पूरा खेल्न सकेनन्। खुट्टामा समस्या देखिएपछि दोस्रो हाफमा उनलाई मैदानबाट फिर्ता बोलाइयो। मेस्सीले खेलको ५० औं मिनेटमा मैदान छाडेका थिए।

इन्टर मियामीका प्रशिक्षक टाटा मार्टिनोले खुट्टाको चोटका कारण लियोनल मेस्सीलाई बुधबारको कन्काकफ च्याम्पियन्स कप खेलका दौरान मैदानबाट फिर्ता बोलाइएको जानकारी दिए।

खेलपछि कुराकानी गर्नेक्रममा मेस्सीलाई लागेको चोट के कति गम्भीर हो भन्ने बारे थप परिक्षण पछि मात्र थाहा हुने मार्टिनोले बताए। मार्टिनोका अनुसार मेस्सी शनिबार हुने डिसी युनाइटेड विरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *