September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाका एक टार्गेटलाई भित्र्याउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) इच्छुक छ।

बार्सिलोनासँग लगातार जोडिएका म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्ध गर्न पिएसजी इच्छुक रहेको विभिन्न खेल मिडियाहारुले दावी गरेका हुन्।

सिल्भालाई बार्सिलोनाले केहि सिजन देखि निरन्तर भित्र्याउन खोजिरहेको छ। तर आर्थिक समस्याका कारण बार्सिलोनाको सो योजना अहिले सम्म सफल हुन सकिरहेको छैन।

सिल्भाको ट्रान्सफर मूल्य लगभग ८० मिलियन युरो रहेको छ। तर सिटीसँगको सम्झौतामा ६० मिलियन युरोको रिलिज क्लज रहेको बताइएको छ। सो रिलिज क्लज बराबरको रकम तिर्न सके बार्सिलोनाले सिल्भालाई भित्र्याउन सक्छ।

तर आर्थिक रुपमा बार्सिलोना अहिले त्यति खर्च पनि गर्न सक्ने अवस्थामा छैन। उता पिएसजी भने आर्थिक रुपमा सिल्भा भित्र्याउन आर्थिक रुपमा तयार देखिएको छ।

बार्सिलोनाले भित्र्याउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै सिल्भा पिएसजीको आकर्षक प्रस्तावले लोभिन सक्ने विभिन्न स्पेनिस मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *