September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरले घरेलु लिगमा महत्वपूर्ण जित निकालेको छ। पछिल्ला केहि खेल देखि धर्ममराएको अल नासरले शुक्रबार राति महत्वपूर्ण जित निकालेको हो।

अल नासरले शुक्रबार राति अल अहली साउदीलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। आक्रमणमा केहि फितलो देखिएपनि अल नासर १-० को गोल अन्तरको जित निकाल्न सफल भयो।

खेलभर बलमा अल नासरले कुल ६१ प्रतिशत नियन्त्रण राखेको थियो। अल नासरले खेलभर कुल ४ प्रहार मात्र गर्दा एक प्रहार टार्गेटमा राखेको थियो।

उता घरेलु टोलीले भने खेलभर कुल १० प्रहार गरेको थियो। जसमद्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्। खेलको एक मात्र गोल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए।

उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। यस जितसंगै अल नासरको २४ खेलबाट ५६ अंक भएको छ। अल नासरले २४ मद्ये १८ खेलमा जित निकाल्दा ४ खेलमा हार बेहोरेको छ।

त्यस्तै अल नासर २ खेलमा बराबरीमा रोकिएको छ। अल अहली भने अहिले लिगको तेस्रो स्थानमा छ। उसले २४ खेलमा १४ जित र ५ हार सहित ४७ अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *