![](https://khelkudpost.com/wp-content/uploads/2024/03/nepal-football.jpg)
काठमाडौँ – नेपाली राष्ट्रिय महिला राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा सानदार जम्प हानेको छ। पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गरिरहेको राष्ट्रिय महिला टोलीले फिफा वरियतामा राम्रो सुधार गरेको हो।
विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार नेपाली महिला फुटबल टोली पाँच स्थान उक्लिएको छ। पाँच स्थान सुधार गरेसंगै महिला टोली शिर्ष १ सयमा अटाएको छ।
यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले सानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थियो। फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।
नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले पराजित गरेको थियो। त्यस अगाडी नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले पराजित गरेको थियो।
शिर्ष १ सयमा उक्लिएसंगै फिफा वरियतामा दक्षिण एसियाको दोस्रो टोली बनेको छ। नेपाल भन्दा अगाडी भारत छ। फिफा वरियतामा भारत भने एक स्थान तल झरेको छ।
भारत फिफा वरियताको ६६ औं स्थानमा छ। बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३औं स्थानमा रहेका छन्।