September 20, 2024

एजेन्सी = साउदी क्लब अल नासर साउदी प्रो लिगको उपाधि होडमा पछि परेपनि क्लबका कप्तान क्रिस्टियानो रोनाल्डो भने लिगको उत्कृष्ट गोलकर्ता बन्ने दौडमा देखिएका छन्।

अल नासरका लागि सिजनको सुरुवात देखि नै गोल गर्दै आएका रोनाल्डोले सिजन अन्त्य तर्फ अगाडी बढ्दै गर्दा पनि आफ्नो गोल स्कोरिङ लयलाई निरन्तर अगाडी बढाइरहेका छन्।

साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोले अहिले सम्म अल नासरका लागि कुल २३ गोल गरिसकेका छन्। रोनाल्डोले लिगका कुल २२ खेलमा २३ गोल गरेका हुन्। त्यस्तै रोनाल्डोको नाममा ९ असिस्ट पनि छन्।

साउदी प्रो लिगको शिर्ष गोल कर्ताको सूचीमा रोनाल्डोलाई अल हिलालका आलेक्सान्दर मित्रोभिचले पछ्याइरहेका छन्। उनले अहिले सम्म साउदी लिगमा २१ गोल गरेका छन्। मात्र २१ खेलमा उनले २० गोल गरेका हुन्।

साउदी प्रो लिगको गोल्डेन बुट जित्ने दौडको तेस्रो स्थानमा रहेका खेलाडी हुन् अल इत्तिहादका अब्द रजाक हमदल्लाह। उनले १७ खेलमा १९ गोल गरेका छन्।

अल नासरकै तालिस्का यस सूचीको चौंथो स्थानमा छन्। उनले १६ खेलमा १७ गोल गरेका छन्। साउदी प्रो लिगको गोल्डेन बुटका लागि मुख्तः रोनाल्डो र मित्रोभिच बीच नै कडा टक्कर हुने देखिन्छ। तर यस दौडमा रोनाल्डोलाई ३ गोलको अग्रता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *