September 20, 2024

एजेन्सी – पोर्चुगिज युवा स्टार जोआओ फेलिक्स अहिले क्याटलान क्लब बार्सिलोनामा छन्। उनी गत समर ट्रान्सफर विन्डोमा एट्लेटिको म्याड्रिडबाट लोनमा बार्सिलोना आइपुगेका हुन्।

एट्लेटिको म्याड्रिडमा खासै जम्न नसकेपछि उनलाई क्लबले लोनमा बार्सिलोना पठाएको हो। बार्सिलोना आएपछि उनले एट्लेटिको म्याड्रिडमा भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्।

यस सिजन उनले बार्सिलोनाका लागि कुल ३४ खेल खेलेका छन्। जसमा उनले ९ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। त्यसमध्ये ६ गोल लालिगामा आएका छन्।

आइतबार राति बार्सिलोनाले एट्लेटिको म्याड्रिडको सामना गर्यो। एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा बार्सिलोनाका लागि पहिलो गोल नै फेलिक्सले गरेका थिए।

३-० को गोल अन्तरले बार्सिलोना जित्दा फेलिक्सले महत्वपूर्ण भूमिका निभाए। खेलको सुरुवात देखि नै फेलिक्सले एट्लेटिको म्याड्रिड समर्थकको घृणा सहनु पर्यो।

सामाजिक संजालमा यति बेला एट्लेटिको म्याड्रिड समर्थकले जाहेर गरेको घृणाका केहि नमुनाका भिडियोहरु भाइरल भइरहेका छन्। जसअ एट्लेटिको म्याड्रिड समर्थक फेलिक्सका जर्सी जलाइरहेको देखिएका छन्।

त्यस्तै अर्को भिडियोमा एट्लेटिको समर्थक फेलिक्सको नाम लेखिएको एक प्लेटमा थुकिरहेको देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *