December 23, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि पछिल्ला केहि साता दुखद रहन सकेनन्। साउदी क्लब अल नासरका लागि उनी केहि खेलमा अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न असफल भए।

फलस्वरूप अल नासरले एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिनु पर्यो। यसको अर्थ रोनाल्डोले यस सिजन एसियन च्याम्पियन्स लिग जित्न नसक्ने भए।

तर पछिल्लो खेलमा भने रोनाल्डोले आफ्नो गोल स्कोरिङ लय फेला पारे। अल नासरको पछिल्लो खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई जित दिलाए।

सो खेल पश्चात रोनाल्डो बिदामा निस्किएका छन्। रोनाल्डो केहि दिन देखि आफ्नो परिवारसँग रमाइलो समय व्यतित गरिरहेका छन्। रोनाल्डो अहिले परिवारसँग बिदा मात्र मनाइरहेका छैन्, आफूलाई रिचार्ज पनि गरिरहेका छन्।

रोनाल्डोले बिदा मनाउदै गरेका तस्विर तथा भिडियोहरु सामाजिक संजालमा पनि सार्वजनिक गरिरहेका छन्। केहि समय अगाडी मात्रै उनले इन्स्टाग्राममा एक तस्विर राखेका छन्।

जसमा उनले ‘रिचार्जिङ’ क्याप्सन राखेका छन्। बिदा पछि पुनः उच्च लयमा फर्किने संकेत गर्न रोनाल्डोले सो तस्विर र क्याप्सन राखेको सहजै बुझ्न सकिन्छ।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

रोनाल्डो ३९ वर्षको उमेरमा पनि निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डो अहिले साउदी प्रो लिगको गोल्डेन बुट जित्ने दौडमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *