September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले स्वीडेनसँगको पोर्चुगलको मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

बिहिबार राति पोर्चुगलमा हुने स्वीडेन विरुद्धको मैत्रीपूर्ण खेल रोनाल्डोले गुमाउने पक्का भएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्। खबरका अनुसार स्वीडेन विरुद्धको खेलमा रोनाल्डोले आराम पाउनेछन्।

रोबर्टो मार्टिनेजले आफ्नो टोलीमा परिवर्तन गरेपछि क्रिस्टियानो रोनाल्डोले स्वीडेनसँगको पोर्चुगलको मैत्रीपूर्ण खेल गुमाउने पक्का भएको इएसपिएनले जनाएको छ।

मार्टिनेजले आफ्नो प्रारम्भिक ३२ सदस्यीय टोलीमा पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोलाई समावेश गरेका थिए। तर अब स्वीडेनविरुद्धको खेलमा रोनाल्डो नखेल्ने तय भएको बताइएको छ।

रोनाल्डोका अलावा डियोगो डालोट, जोआओ क्यान्सेलो, डानिलो परेरा, ओटाभियो, रुबेन नेभेस, भिटिन्हा र जोआओ फेलिक्सलाई पनि स्वीडेन विरुद्धको खेलमा आराम दिइने इएसपिएनको दावी छ।

इएसपिएनले गरेको दावी अनुसार रोनाल्डो अहिले छुट्टिमा रहेका छन् र उनलाई त्यहि कारणले गर्दा टोलीमा राखिने छैन। छुट्टि सकिएपछि रोनाल्डो पोर्चुगलको अर्को खेलमा भने सहभागी हुने इएसपिएनले दावी गरेको छ।

बताइएअनुसार रोनाल्डो स्लोभेनिया विरुद्धको खेलका लागि भने उपलब्ध हुनेछन्। त्यसपछि उनी साउदी प्रो लिगमा फर्किनेछन् र अल नासरसँग अल-ताइ विरुद्ध खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *