September 20, 2024

एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्की समर ट्रान्सफर विन्डो अगाडि दुई प्रिमियर लिग दिग्गजहरूको लागि लक्ष्यको रूपमा देखा परेका छन्।

स्पेनिस मिडिया आउटलेट एल नेसियोनलले दावी गरे अनुसार टोटेनहम हटस्पर र म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका पोलिस फरवार्ड लेवान्डोस्कीलाई भित्र्याउन चासो देखाइरहेका छन्।

पोल्याण्डको अन्तर्राष्ट्रिय खेलाडीले गत सिजन ब्लाउग्रानाका लागि ४६ खेलमा ३३ गोल गरेका थिए भने ८ असिस्ट प्रदान गरेका थिए। उनको उच्च प्रदर्शनमा बार्सिलोनाले लालिगा र स्पेनिस सुपर कपको उपाधि जितेको थियो।

यो सिजन, उनले सबै प्रतियोगिताका ३९ खेलहरुमा २० गोल गरेका छन् भने ९ असिस्ट प्रदान गरेका छन्। आर्थिक रुपमा संघर्ष गरिरहेको बार्सिलोनाले उनलाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्ने चर्चा छ।

३५ वर्षको उमेरमा पनि लेवान्डोकसीसँग विकल्पको कुनै कमी छैन र उनी प्रिमियर लिगमा जान सक्नेछन्। टोटेनह्याम हटस्परले उनलाई ह्यारी केनको प्रतिस्थापनको रुपमा भित्र्याउन चाहेको बताइन्छ।

म्यानचेस्टर युनाइटेड पनि पूर्व बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख आक्रमणकारीको लागि उत्सुक रहेको बताइएको छ। युनाइटेडले आफ्नो आक्रमणपङ्तीलै थप घातक बनाउन चाहेको र लेवान्डोकसीलाई नजिकबाट नियाली रहेको एल नेसियोनलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *