September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले लालिगाको जारी सिजनमा तीन खेल गुमाउन सक्ने सम्भावना बढेको छ। एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा रेड कार्ड पाएपछि जाभीले तीन खेल गुमाउन सक्ने सम्भावना बढेको हो।

बार्सिलोना ३-० को गोल अन्तरले विजयी भएको खेलमा जाभीलाई रेफ्रीले पहिलो हाफ भन्दा अगाडी खेल मैदानको टचलाइनबाट फिर्ता पठाएका थिए। रेफ्रीको निर्णयलाई लिएर असहमति देखाएपछि पहिला रेफ्रीले एल्लो कार्ड देखाएका थिए।

तर पछि रेफ्रीले जाभीलाई रेड कार्ड देखाए। यस सिजन जाभीले रेड कार्ड पाएको यो दोस्रो पटक हो। रेड कार्ड पाएसंगै अब जाभी माथि दुई खेलको प्रतिबन्ध लाग्नेछ।

दुई पटक रेड कार्ड पाएका कारण उनी माथि थप एक खेलको प्रतिबन्ध पनि लाग्न सक्नेछ। लगातार गल्ति दोहोर्याएका कारण जाभी माथि दुई नभई तीन खेलको प्रतिबन्ध लाग्न सक्ने डायरियो स्पोर्टले जनाएको छ।

यति त्यसो हुने हो भने जाभीले अर्को महिना हुने एल क्लासिको समेत गुमाउन सक्नेछन्। बार्सिलोनाले अप्रिल २१ राति रियलको सामना गर्नेछ। त्यस अगाडी बार्सिलोनाको सामना लास पाल्मास र क्याडिजको सामना गर्नेछ।

जाभीले बार्सिलोनाको प्रशिक्षकको रूपमा आफ्नो तीन वर्षमा ला लिगामा प्रत्येक ५।५ खेलमा एल्लो कार्ड पाइरहेका छन्। उनले अहिले सम्म कुल २४ एल्लो कार्ड पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *