September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि यस सिजन खासै राम्रो हुन सकिरहेको छैन। स्पेनिस सुपर कप र कोपा डेल रेबाट बाहिरिसकेको बार्सिलोनासँग अब जित्नको लागि अब लालिगा र च्याम्पियन्स लिगको उपाधि मात्र छ।

त्यसमा पनि लालिगा उपाधितर्फ बार्सिलोना रियल म्याड्रिड भन्दा धेरै पछि परिसकेको छ। रियल बार्सिलोना भन्दा ८ अंकले अगाडी छ। मात्र ९ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्सिलोनाले रियललाई पछि पारेर लालिगा उपाधि जित्ने सम्भावना अत्यन्तै न्यून छ।

उता च्याम्पियन्स लिगमा भने बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। बार्सिलोनाले क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्नेछ। पहिलो लेगको खेल पिएसजीको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा।

पिएसजीको घरेलु मैदानमा बराबरी मात्र खेल्ने हो भने बार्सिलोना सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बढ्न सक्छ। किनभने दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्न सक्छ।

पिएसजीलाई पराजित गरेर सेमिफाइनल पुगेको खण्डमा बार्सिलोनाले एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमन्ड मध्ये एकको सामना गर्नेछ। बार्सिलोनाले एट्लेटिकोलाई केहि दिन अगाडी नराम्रोसँग पराजित गरेको थियो।

एकहिसाबले भन्ने हो भने बार्सिलोनालाई सेमिफाइनलमा केहि सहज प्रतिद्वन्दी पर्न सक्छ। सेमिफाइनलमा पुगेको खण्डमा बार्सिलोनालाई फाइनल पुग्ने अवसर पनि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *