September 20, 2024

एजेन्सी – चेल्सीका लिजेन्ड जो कोलले रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिक र टोनी क्रुसलाई अनुबन्ध गर्न चेल्सीलाई सुझाव दिएका छन्। एक कुराकानीका क्रममा कोलले यस्तो सुझाव दिएका हुन्।

कोलले टकस्पोर्टको एक कुराकानीका क्रममा चेल्सीले युवा टोलीलाई लुका मोड्रिक र टोनी क्रुस जस्ता अनुभवी खेलाडीहरुलाई भित्र्याउन सके धेरै राम्रो हुने बताए।

चेल्सीको युवा टोलीलाई लुका मोड्रिक र टोनी क्रुस जस्ता अनुभवी खेलाडीहरुको आवश्यकता रहेको कोलको भनाई छ। उनले चेल्सीलाई टोन सेट गर्ने केही अनुभवी खेलाडीहरू भित्र्याउन सुझाव दिए।

“म टोन सेट गर्ने केही अनुभवी खेलाडीहरू चेल्सीले भित्र्याओस् भन्ने चाहन्छु। म सोच्दै छु कि लुका मोड्रिच सम्झौता बाहिर छन्? के उनी थप एक वर्ष प्रिमियर लिग खेल्न चाहन्छन्? उनले [एडुआर्डो] कामाभिङ्गा, [ओरेलियन] चाउमेनी, [फेडेरिको] भाल्भर्डेलाई धेरै मद्दत गरेका छन्। टोनी क्रुस भर्खर ३४ वर्षको छन्। यी दुई नामहरुले चेल्सीको युवा टोलीलाई धेरै मद्दत गर्न सक्छ।”,कोलले भने।

२३ र २४ वर्षको उमेरमा, एन्जो फर्नान्डेज र कोनोर गालाघर चेल्सीका सबैभन्दा पाको मिडफिल्डर हुन्। मोइसेस काइसेडो २२ वर्षका छन्। चेल्सीको युवा मिडफिल्डले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।

चेल्सीका खेलाडीहरुमा अनुभवको कमि हुँदा उनीहरु खासै प्रभावकारी देखिन सकिरहेका छैनन्। यस्तोमा कोलले अनुभवी खेलाडी भित्र्याउन सुझाव दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *