January 11, 2025

एजेन्सी – उरुग्वेली स्टार लुइस सुआरेजले मेजर सकर लिगको एक उपलब्धिमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पछि पारेका छन्। इन्टर मियामी आवद्ध भएको छोटो समयमै सुआरेजले एक उपलब्धिको मामलामा मेस्सीलाई पछि पारेका हुन्।

मेजर सकर लिगका पाँच खेल खेल्दा सुआरेज दुई खेलको उत्कृष्ट खेलाडी बनिसकेका छन्। सुआरेजले खेलेका ५ मध्ये २ खेलमा प्लेयर अफ द म्याचको अवार्ड जितिसकेका छन्।

सुआरेजले पाँच खेलमा मात्रै दुईवटा प्लेयर अफ द म्याचडे उपाधि जितेर आफूलाई अलग बनाएका छन्। उनका सहकर्मी मेस्सीले अहिलेसम्म त्यस्तो उपलब्धि हासिल गरेका छैनन्।

सुआरेज मियामीले सन् २०२४ को नयाँ सिजनको यात्रा सुरु गर्नु अगाडी मियामीमा आवद्ध भएका थिए। उनले मार्च १६ मा डिसी युनाइटेडमाथि ३-१ को जितमा दुई गोल गरेका थिए। त्यसअघि उनले मार्च १३ मा कोंकाकाफ च्याम्पियन्स लिगमा नासभिललाई ३-१ ले पराजित गर्दा दुई गोल र दुई असिस्ट प्रदान गरेका थिए।

उनी क्लबमा आबद्ध भएदेखि लुइस सुआरेजले सबै प्रतियोगिताहरूमा जम्मा सात खेलमा ६ गोल गरिसकेका छन्। त्यस्तै उनले यस बीचमा ५ असिस्ट पनि प्रदान गरिसकेका छन्।

पाँच खेलमा पाँच गोल र दुई असिस्ट गरेपनि लियोनल मेस्सी उरुग्वेका स्ट्राइकर जत्तिकै शानदार लयमा छैनन्। पाँच खेलमा तीन जित र तेह्र गोलसँगै इन्टर मियामीले सिजनको सफल सुरुवात गरेको छ।

मियामी अहिले मेजर सकर लिग अन्तर्गत इस्टर्न कन्फरेन्स तर्फ शिर्ष स्थानमा छ। मियामीको १० अंक छ। यस सिजन मियामीले मेजर सकर लिगमा ३ जित निलाल्दा १ हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *