September 20, 2024

एजेन्सी – फिफाको क्यालेन्डर अनुसार अन्तर्राष्ट्रिय ब्रेक सुरु भएको छ। यस अन्तर्राष्ट्रिय ब्रेकमा विभिन्न राष्ट्रिय टोलीहरुले अन्य टोलीको सामना गर्दैछन्। यस्तोमा विश्व विजेता अर्जेन्टिना पनि एक्सनमा उत्रँदैछ।

अन्तर्राष्ट्रिय ब्रेकमा अर्जेन्टिनाले दुई मैत्रीपूर्ण खेल खेल्नेछ। जसमध्ये पहिलो खेल शनिबार बिहान हुनेछ। सो खेलमा अर्जेन्टिनाले इएल साल्भाडोरको सामना गर्नेछ।

खेल शनिबार बिहान नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ। सो खेल फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा हुनेछ। त्यस्तै अर्को खेलमा अर्जेन्टिनाले कोस्टा रिकाको सामना गर्नेछ।

सो खेल क्यालिफोर्नियाको मेमोरियल कोलिजियममा अर्को बुधबार हुनेछ। खेल बिहान नेपाली समय अनुसार ८ बजेर ३५ मिनेटमा सुरु हुनेछ।

यस्तै यस अन्तर्राष्ट्रिय ब्रेकमा ब्राजिलले पनि दुई खेल खेल्दैछ। ब्राजिलले शनिबार राति इंग्ल्यान्डको सामना गर्नेछ। खेल बेलायतको वेम्ब्ले स्टेडियममा मध्यराति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

त्यस्तै मंगलबार राति ब्राजिलले स्पेनको सामना गर्नेछ। स्पेन र ब्राजिल बीचको खेल सान्टियागो बर्नाबेउमा हुनेछ। सो खेल रातको २ बजेर १५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *