September 20, 2024

एजेन्सी – विभिन्न स्पेनिस मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने स्पेनिस महारथी रियल म्याड्रिडका एक खेलाडीलाई भित्र्याउन प्रिमियर लिगक दुई क्लब इच्छुक देखिएका छन्।

रियल म्याड्रिडका ब्राजिलियन युवा स्टार रोड्रिगोलाई भित्र्याउन प्रिमियर लिगका आर्सनल र म्यानचेस्टर युनाइटेड इच्छुक रहेको केहि स्पेनिस मिडियाहरुले दावी गरेका हुन्।

२३ वर्षीय रोड्रिगोले सन् २०१९ को गर्मीमा सान्तोसबाट ४५ मिलियन युरोमा आएपछि आफूलाई रियल म्याड्रिडका लागि महत्वपूर्ण स्टार्टरका रूपमा स्थापित गरेका छन्।

उनले रियल म्याड्रिडमा रहेर दुई ला लिगा उपाधि र एउटा यूईएफए च्याम्पियन्स लिग सहित हालसम्म नौ वटा उपाधि जितिसकेका छन्। तर फ्रेन्च स्टार किलियन एम्बाप्पेको आगमन पक्का भएसंगै रोड्रिगोलाई रियलले बिक्री गर्न चाहेको चर्चा सुरु भएको छ।

साथै खेलाडी आफैं पनि एम्बाप्पेको आगमन पछि क्लबमा आफूले कम मौका पाउने सम्भावनालाई मध्यनजर गर्दै क्लब छाड्ने निर्णयमा पुग्न सक्ने बताइन्छ।

विभिन्न ट्रान्सफर मार्केटका जानकारहरुका अनुसार रोड्रिगोको मार्केट मूल्य १ सय मिलियन युरो भन्दा बढी छ। यस्तोमा रोड्रिगोलाई भित्र्याउने हो भने आर्सनल र युनाइटेड दुवैले महंगो मूल्य तिर्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *