September 20, 2024

काठमाडौँ – साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ नगद सहित सम्मान गरेका छन्।

पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई यम तमुले व्यक्तिगत रूपमा यम तमुले १० लाख रुपैयाँ नगद सहित सम्मान गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले आयोजना गरेको एक कार्यक्रमका क्रममा यम तमुबाट प्राप्त रकम सहित सम्मान गरियो।

बुधवार ललितपुरमा आयोजित सम्मान कार्यक्रममा यम तमुकी श्रीमती उमा गुरुङले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगद १० लाख रुपैयाँ सहित सम्मान प्रदान गरिन्।

गत महिना मात्रै साउदी अरबमा सम्पन्न भएको वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएर फर्केको थियो। १५ वर्षदेखि साउदी अरबमा बस्दै आएका तमु नेपाली महिला फुटबल टोलीको प्रदर्शन देखेर प्रभावित भएका थिए।

बुधबार आयोजित कार्यक्रमका बीच महिला फुटबल टोलीका २३ जना खेलाडीहरूलाई ४३-४३ हजार रुपैयाँका दरले १० लाख रुपैयाँ प्रदान गरियो। खेलाडीबाहेकका अफियसयल तथा व्यवस्थापकहरूलाई २०-२० हजार रुपैयाँ नगद सहित सम्मान दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *