September 20, 2024

एजेन्सी – बार्सिलोनाका डिफेन्डर जोआओ क्यान्सेलोले पोर्चुगलको राष्ट्रिय फुटबल टोली ३९ वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोमा पूर्ण रूपमा निर्भर नभएको बताएका छन्।

एक कुराकानीका क्रममा जोआओ क्यान्सेलोले पोर्चुगलको राष्ट्रिय फुटबल टोली रोनाल्डोमा पूर्ण रुपमा निर्भर नरहेको बताएका हुन्। रोनाल्डो पोर्चुगलका लागि धेरै महत्वपूर्ण खेलाडी रहेपनि राष्ट्रिय टोली पूर्ण रुपमा रोनाल्डोमा निर्भर नरहेको क्यान्सेलोले बताए।

आरटीपीसँगको कुराकानीका क्रममा क्यान्सेलोले आफ्नो करियरको उत्कृष्ट समय रोनाल्डोले पार गरिसकेको बताउन पनि छुटाएनन्। उनका अनुसार रोनाल्डो २५ देखि ३२ वर्ष सम्म करियरकै उत्कृष्ट लयमा थिए।

“रोनाल्डो हाम्रो लागि एक महत्त्वपूर्ण खेलाडी हुन् र बालोन डी’ओरका लागि मेस्सीसँग निरन्तर १५ वर्ष प्रतिष्पर्धा गरे। तर फुटबलर करियरको शिखरमा उनी २५ देखि ३२ वर्षको उमेरमा थिए। उनी हाम्रो लागि महत्त्वपूर्ण खेलाडी हुन्, तर राष्ट्रिय टोली पूर्ण रुपमा उनीमा मात्र निर्भर छैन।”,क्यान्सेलोले भने।

रोनाल्डोले आफ्नो चरम उत्कर्ष पार गरिसकेको भएपनि जर्मनीमा हुने यस ग्रीष्मकालीन प्रतियोगिता(युरो)मा पोर्चुगलका लागि उनले अझै पनि प्रमुख भूमिका खेल्न सक्छन्।

रोनाल्डोले फेब्रुअरीमा आफ्नो ३९ औं जन्मदिन मनाएका थिए। उमेरले ३९ पुगेपछि रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डो साउदी क्लब अल नासरबाट निरन्तर गोल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *