September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले क्लबमा युवा स्टार लामिन यामालका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आकर्षक प्रस्ताव पठाएको खुलासा भएको छ।

स्पेनिस पत्रिका मार्काले लामिन यामालका लागि पिएसजीले बार्सिलोनालाई आकर्षक प्रस्ताव गरेको खुलासा गरेको हो। मार्काले गरेको दावी अनुसार पिएसजीले पठाएको आकर्षक प्रस्ताव बार्सिलोनाले रिजेक्ट गरेको छ।

केहि समय अगाडी पिएसजीले लामिन यामालका लागि २ सय मिलियन युरोको प्रस्ताव पठाएको र सो प्रस्तावलाई बार्सिलोनाले सिधै रिजेक्ट गरेको मार्काले जनाएको छ।

फ्रेन्च स्टार किलियन एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरेपछि पिएसजी यति बेला उनको स्थान लिने खेलाडीको खोजिमा छ। यस्तोमा पिएसजीको नजर लामिन यामालमा परेको बताइएको छ।

अनिश्चित आर्थिक अवस्थाको बावजुद बार्सिलोना यामाललाई बिक्री गर्ने सोचमा नरहेको मार्काको दावी छ। बार्सिलोनाले यामाललाई भविष्यको महत्वपूर्ण स्टारको रुपमा हेरेको मार्काले आफ्नो समाचारमा उल्लेख गरेको छ।

एकेडेमीबाट माथि उठेर यामालले बार्सिलोनाको सिनियर टोलीमा निरन्तर स्थान बनाइरहेका छन्। उनले मात्र १६ वर्षको उमेरमा उनले बार्सिलोनाका लागि सबैलाई चकित पार्ने प्रदर्शन गरिरहेका छन्।

यामालले बार्सिलोनाका लागि यस सिजन कुल ३९ खेल खेलेका छन्। जसमा उनले अहिले सम्म ६ गोल गरेका छन् भने ७ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *