September 20, 2024

काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली एक्सनमा उत्रँदैछ।

फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

नेपालले बहराइन विरुद्धको ‘होम’ गेम त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो। तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गर्दै दशरथ रङ्गशालामा विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएको थियो।

जससंगै होम र अवे दुवै खेल नेपाल बाहिर हुने पक्का भएको थियो। दशरथ रंगशालाको‌ मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुने भएको छ।

विश्वकप छनोटको समूह ‘एच’मा रहेको नेपाल समूहको अन्तिम स्थानमा छ। नेपालले अहिले सम्म एक अंक पनि बटुल्न सकेको छैन। नेपालले यस अगाडी खेलेका दुई मध्ये दुई खेलमा नै पराजय भोगेको थियो।

समूहमा नेपाल,बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्। नेपालले यस अगाडी युएईसँग ४–० र यमनसँग २–० ले पराजित हुन पुगेको थियो।

बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थान रहेको छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *