September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। सन् २०२२-२३ को सिजनको जनवरीमा अल नासर आवद्ध भएका रोनाल्डोले दोस्रो सिजनमा पनि आफ्नो उच्च प्रदर्शनलाई कायम राखेका छन्।

साउदी प्रो लिग उपाधि होडमा निरन्तर पछि परेपनि रोनाल्डो यस सिजन लिगको गोल्डेन बुट जित्ने दौडमा भने सबै भन्दा अगाडी देखिएका छन्। रोनाल्डो साउदी प्रो लिगक सर्वाधिक गोलकर्ता हुन्।

साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोले अहिले सम्म अल नासरका लागि कुल २३ गोल गरिसकेका छन्। रोनाल्डोले लिगका कुल २२ खेलमा २३ गोल गरेका हुन्। त्यस्तै रोनाल्डोको नाममा ९ असिस्ट पनि छन्।

रोनाल्डोको गोल्डेन बुट जित्ने योजनामा यदि कसैले धक्का दिन सक्छ भने ती अल हिलालका आलेक्सान्दर मित्रोभिच हुन्। उनले गोलको मामलामा निरन्तर रोनाल्डोलाई टक्कर दिरहेका छन्।

उनले अहिले सम्म साउदी लिगमा २० गोल गरेका छन्। मात्र २१ खेलमा उनले २० गोल गरेका हुन्। सिजनको सुरुवात देखि नै उनले गोलमा रोनाल्डोलाई पछ्याइरहेका छन्।

उनले जुनसुकै बेला रोनाल्डोलाई उछिन्न सक्ने कुरालाई नकार्न सकिँदैन। साउदी प्रो लिगमा रोनाल्डो र मित्रोभिच दुवैका टोलीले १४-१४ खेल खेल्न बाँकि छ।

यस्तोमा रोनाल्डोले नै वा मित्रोभिचले नै गोल्डेन बुट जित्छन् भनेर भन्न सकिँदैन। यस पटक गोल्डेन बुट जित्ने अवसर रोनाल्डो र मित्रोभिच दुवैले पाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *